• Friday, 21 July 2017
  • Nepal Time: 08:44 PM
  • Japan Time: 11:59 PM

दोस्रो पटक अमिताभ र ज्याकी सँगै पर्दामा देखिने,भिलेनको दमधार रोलमा देखिनेछन् ज्याकी

Jackie-Shroff-Joins-Big-Bअभिनेता अमिताभ बच्चनले केहि समय पहिल्यै राम गोपाल बर्माको सरकार फिल्मको तेस्रो सिरीज फिल्म (सरकार ३)फिल्ममा काम गर्ने घोषणा गरीसकेका छन् । अभिनेता बच्चनले फिल्ममा पुनः सुवाष नगरीको भुमिकामा देखिदै छन् ।

राम गोपालले अहिले सम्म फिल्मको भिलेनको नाम चाँही घोषणा गरेका छैनन् । तर, समाचारमा आए अनुसार उक्त फिल्ममा ज्याकि श्रफले भिलेनको भुमिकामा अभिनय गर्ने भएका छन् । बलिउडको खलनायकमा ज्याकी श्रफको नाम निकै नै चर्चामा रहेको छ । सरकार फिल्मको तेस्रो सिरीज फिल्ममा ज्याकीले दमधार भिलेनको भुमिकामा देखिने छन् ।

अभिनेता अमिताभ बच्चन र ज्याकी श्रफले पहिल्यै सँगै बिनोद चोपडाको फिल्म एकलब्यमा काम गरीसकेका छन् । त्यसोत अमिताभ र ज्याकी सरकार ३ फिल्ममा दोस्रो पटक सँगै देखिने भएका छन् ।

Write a Comment

थप हेडलाइनहरु

    None Found