• Tuesday, 19 June 2018
  • Nepal Time: 01:01 AM
  • Japan Time: 04:16 AM

‘वावरिन्कालाई युएस ओपनको उपाधि’

stan-wawrinka-wins-his-first-us-openस्वीट्जरल्याण्डका स्टानिसलास वावरिन्काले युएस ओपन टेनिसको उपाधि जितेका छन्।सोमबार बिहान भएको फाइनलमा विश्व नम्बर एक सर्बियाका नोभाक जोकोविचलाई हराउँदै तेस्रो बरियताका वावरिन्काले उपाधि जितेका हुन्।

पहिलो पटक युएस ओपन टेनिसको उपाधि उचाल्ने क्रममा वावरिन्काले ६–७, ६–४, ७–५ र ६–३ को सेटमा हराएका हुन्।वावरिन्काले योसँगै तीन वटा ग्राण्डसलाम उपाधि जितेका छन्। उनले यसअघि अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन टेनिसको उपाधि जितेका थिए । जोकोविचले खुट्टाको चोटका कारण खेलको क्रममा धेरै पटक मेडिकल टाइम आउट लिनु परेको थियो।

Write a Comment

थप हेडलाइनहरु

    None Found