• Saturday, 23 September 2017
  • Nepal Time: 03:19 PM
  • Japan Time: 06:34 PM

अमिताभको प्रशंसा गर्दै तपसी, गडफादर नहुँदा अप्ठ्यारो भएको गुनासो

tapasiबलिउड नायिका अमिताभ बच्चनसँगै चलचित्र ‘पिंक’मा मुख्य भुमिका निर्वाह गरेकी नायिका तपसी पन्नुले अमिताभको सहयोगी शैलीको तारिफ गरेकी छिन् ।
सन् २०१३ मा चलचित्र ‘चश्मे बद्दुर’को रीमेकवाट करिअर सुरु गरेकी तपसीले दोस्रो चलचित्र ‘बेबी’मा अक्षय कुमारसँग काम गरिन् ।

अमिताभ बच्चनसँग काम गर्दा निकै सहज हुने उनको भनाई छ । ‘बच्चन एकदमै सामान्य छन्, सहकर्मीर् कलाकार जुन उमेरका छन्, त्यही अनुरुपको ब्यबहार गर्नुहुन्छ’ उनले भनिन् ।

बलिउडमा गडफादर नहुँदा भने अवसर पाउन निकै असहज हुने उनको भनाई छ । गडफादर नहुनेहरुले पहिलो चलचित्र सहजै पाएपनि दोस्रो चलचित्र पाउन निकै गार्‍हो हुने उनको बुझाई छ । ‘हामीले एउटै चलचित्रमा कमाल गरेर देखाउनुपर्छ । एउटा चलचित्र असफल भयो भने कसैले लिंदैन’ उनले भनिन् । त्यसो त उनले बोल्ड सिन दिनेहरु बलिउडमा जहिल्यै पहिलो हुने गरेको पनि टिप्पणी गरिन् ।

तीन चलचित्रमा काम गरेकी तपसी राष्ट्रिय पुरस्कारलाई निकै महत्व दिन्छिन् । उनले ‘पिंक’मा कृती हुल्कारी र अंगद बेदीको भुमिका निर्वाह गरेकि छिन् ।

Write a Comment

थप हेडलाइनहरु

    None Found