- Sunday, 22 April 2018
- Nepal Time: 06:14 PM
- Japan Time: 09:29 PM
कोशी र महाकालीको बहावले खतराको सूचक नाघ्यो
१२ सेप्टेम्बर ,काठमाडौं । काठमाडौं उपत्यकामा अगष्टदेखि तल झरेको मनसुनको ग्राफ आइतवार साँझदेखि एकाएक माथि चढेको छ । पूर्वी तथा मध्य भागमा पुनः मनसुन सक्रिय हुँदा भारी वर्षात भइरहेको जल तथा मौसम विज्ञान बिभागले जनाएको छ ।
भारतको पश्चिम बंगाल र बिहारमा केन्द्रित भएको न्युन चापीय क्षेत्र नेपाल नजिक छ । जसका कारण वर्षातको मापन अझ माथि जान सक्ने देखिएको छ । मध्य र पूर्वी नेपालका जलाधार क्षेत्रहरु र ती भूभाग भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ ।
मौसमविद समिर श्रेष्ठका अनुसार कोशी र महाकालीको बहाव औसत भन्दा निकै बढेको देखिएको छ । बिभागले मापन गरेको बहाव खतराको सूचकमाथि माथि गइसकेको श्रेष्ठले बताए ।
मनसुनी न्युन चापीय रेखा पनि पश्चिम नेपाल नजिक छ । न्युन चापीय क्षेत्रका कारण पर्याप्त मात्रामा जल वाष्प आपूर्ति भएको छ । यसको प्रभावले नेपालको मध्य र पूर्वी नेपालका धेरै भूभागहरुमा वर्षा भइरहेको बिभागले जनाएको छ ।
साथै पश्चिम नेपालका केही स्थानहरुमा पनि वर्षा भइरहेको छ । मध्य र पश्चिम नेपालको आकाशमा बादलको चाप अझै रहेकाले वर्षात बढ्न सक्ने अनुमान गरिएको छ ।
मौसमविद श्रेष्ठले भने, ‘मनसुन फेरि सक्रिय भएकाले काठमाडौं लगायत मध्य र पूर्वी नेपालमा आज दिनभरी र रातभरि वर्षा हुने देखिन्छ । मंगलवार पनि पूरै मौसम सफा हुने छैन ।’
मनसुन सक्रिय भएकाले आकाश खुल्न समय लाग्ने उनले बताए । मंगलवार केही सुधार भए पनि पूरै खुल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामान्यतः सेप्टेम्बर अन्तिमसम्म मनुसुन सक्रिय रहन्छ । यस वर्ष मनसुन अक्टोबर पहिलो सातासम्म लम्बिने अनुमान गरिएको छ ।
आइतवार साँझदेखिको निरन्तर वर्षाका कारण राजधानी काठमाडौंको जनजीवन प्रभावित भएको छ । सडक बिस्तार र अन्य बिभिन्न कारणले भत्काइएका राजधानीका अधिकांश भित्री सडकहरु जलमग्न भएकाले यातायात आवागमन कठिन भएको छ ।
चक्रपथ लगायत बाहिरी सडकहरु पनि जलमग्न भएका छन् भने धोबिखोला, टुकुचा, बिष्णुमती, बागमती लगायत खहरे किनाराका कतिपय घरहरुमा पानी पसेको छ । ढलहरु साँघुरा भएका कारण शहरका बिभिन्न भागमा डुबान भइरहेको छ ।
Write a Comment
थप हेडलाइनहरु
- सेञ्चुरी मसला उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा
- छठ पर्वको मुख्य दिन आज सूर्यलाई अर्घ दिईदै, तराईमा विशेष रमझम
- छठ पर्वमा प्रयोग हुने सामग्रीको मूल्य आकासियो
- सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक ‘अयोग्य’
- सप्तकोशी नदीमा पल्टिएको डुंगा फेला परेन्, अझै १५ जना बेपत्ता
- भारत भ्रमणबाट प्रधानमन्त्री आज स्वदेश फर्कने
- कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी निधिलाई
- गायक सुनील बर्देवाको निधन
- बसका सहचालकले फिर्ता गरे भेटेको १० तोला सुन
- ‘दसैँका लागि खाद्य संस्थानले तीनहजार खसी बोका ल्याउने’