• Friday, 18 August 2017
  • Nepal Time: 08:15 PM
  • Japan Time: 11:30 PM

सङ्गठित हुँदै सिजुओकामा एमाले समर्थकहरु,ढुंगानाको अध्यक्षतामा प्रबासी नेपाली मन्च सिजुओका तदर्थ समिती गठन

१२ सेप्टेम्बर, सिजुओका | नेकपा एमालेको बिदेश स्थित संगठन प्रबासी नेपाली मन्चको सिजुओका तदर्थ समिती गठन भएको छ | यहि सेप्टेम्बर ११ तारिख आईतवार सिमिन बुन्खा खाइखानमा सिजुओकामा रहेका नेकपा एमाले समर्थकहरुको भेलाले बालकृष्ण ढुंगाना को अध्यक्षतामा तदर्थ समिती गठन गरेको छ | नवगठित कमिटीको उपाध्यक्षमा होम प्रसाद अधिकारी र केशब श्रेष्ठ सचिब रमेश भण्डारी, सहसचिब नबिनदिप गुरुङ,कोषाध्यक्ष मनोज पौडेल रहेका छन | त्यस्तै सदस्यहरुमा क्रमश: मदन भण्डारी ,उमेश भण्डारी ,मनोज खरेल,बिज्ञान ढकाल,बिनोद पौडेल,जिबन लुइँटेल (केसी) रहेका छन |
नवगठित प्रबासी नेपाली मन्च सिजुओकाका अध्यक्ष ढुंगानाले मन्चले सिजुओकाका सम्पूर्ण नेपालीको हित हुने गरी आफ्नो गतिबिधी सहकार्य गर्दै अघी बढाउने बताउनु भयो | आगामी दिनमा एमाले समर्थकहरु लाइ गोलबन्द गर्दै मजबुत संगठनको रुपमा बिकास गर्दै जाने मन्च का सचिब रमेश भण्डारीले बिश्वाश ब्यक्त गरेका थिए |

Write a Comment

थप हेडलाइनहरु