• Sunday, 17 December 2017
  • Nepal Time: 10:28 PM
  • Japan Time: 01:43 AM

एन आर एन जापानको सातौ वार्षिक साधारण सभा ओकिनावामा

nrn-japan-7th-anual-b१२ सेप्टेम्बर,टोकियो | एनआरएन जापानको सातौ वार्षिक साधारणसभाको तयारी सुरु भएको छ । ओकिनावामा तय गरिएको साधारणसभामा एनआरएनए जापान आफ्ना नीति तथा कार्यक्रमसंगै भावी योजना सहित प्रस्तुत हुने छ ।

यही सेप्टेम्वर २५ तारिख आइतवार आयोजना गरिने बार्षिक साधारणसभाको लागि देवीलाल भण्डारीको संयोजकत्वमा मूल आयोजक कमिति गठन गरिएको छ । जसमा उपसंयोजकमा बुद्धिराज घिमिरे र सदस्यहरुमा कार्यसमिति सदस्यदहरु र क्षेत्रीय कमिटी संयोजकहरुलाई जिम्मेवारी दिएको छ ।

एनआरएनए जापानका 

सचिव बुद्विराज घिमिरेले जारी गरेको विज्ञप्ति अनुसार हरेक वर्ष जापानको बिभिन्न क्षेत्रमा गरिदै आएको सभा यसपल्ट ओकिनावा क्षेत्रीय कमिटीलाई बिशेष धन्यवाद दिदै साधारणसभा त्यहाँ गर्ने निर्णय गरेको हो ।

सचिव घिमिरेका अनुसार साधारणसभाको लागि आवश्यक तयारीमा जुट्न सबै क्षेत्रीय कमिटी र सम्बन्धित पक्षलाई जानकारी गरिसकिएको छ । साधारणसभामा क्षेत्रीय कमिटिबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत हुने र राष्ट्रिय कमिटीवाट आफ्नो बार्षिक आयब्यय प्रस्तुत गर्दै नीति तथा कार्यक्रम र भावी कार्ययोजना प्रस्तुत हुनेछ ।

 

Write a Comment

थप हेडलाइनहरु

    None Found