• Tuesday, 19 June 2018
  • Nepal Time: 01:02 AM
  • Japan Time: 04:17 AM

‘दसैँका लागि खाद्य संस्थानले तीनहजार खसी बोका ल्याउने’

Pro_ktm_Unnat jat ko boka haru (2)१३ सेप्टेम्बर ,काठमाडौं । नेपाल खाद्य संस्थानले यस वर्षको दसैँका लागि करिब तीन हजार खसी बोका ल्याउने भएको छ ।

प्रत्येक वर्ष दसैँमा सर्वसाधारणलाई सहुलियत मूल्यमा मासु उपलब्ध गराउने उद्देश्यले स्वदेश तथा विदेशका विभिन्न स्थानबाट संस्थानले खसी बोका ल्याउने गर्दछ । मुस्ताङबाट एक हजार ५०० च्याङ्ग्रा तथा भारतका विभिन्न ठाउँबाट सोही सङ्ख्यामा खसी बोका ल्याउन लागिएको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले जानकारी दिए।

दसैँमा मासुको माग अत्यधिक हुने हुँदा मूल्य पनि आकासिने गर्दछ । त्यसलाई नियन्त्रण गर्नका लागि संस्थानले खसीबोका ल्याई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । घटस्थापनासम्म खसी–बोका ल्याउने र फूलपातीसम्म बिक्री–वितरण गर्ने संस्थानले जनाएको छ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found