• Friday, 17 August 2018
  • Nepal Time: 08:29 PM
  • Japan Time: 11:44 PM

प्रधानमन्त्रीलाई बाबुरामको सुझावः भारतसँग ‘भीख’ नमाग्नुस्, फास्ट ट्र्याक आफैं बनाऔं

bhattarai baburam१३ सेप्टेम्बर ,काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक विकासका लागि भारतसँग अनुदान सहयोग नमाग्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

भारत जान लागेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर नयाँ शक्तिका नेता एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले १० बुँदे सुझाव दिएका छन् ।

भट्टराईले यो भ्रमणका क्रममा आर्थिक विकासका लागि भारतसँग अनुदान (भीख) नमाग्न सुझाव दिएका छन् । ‘आर्थिक विकास निम्ति विदेशीसँग भीख माग्ने युग पुरानो भइसक्यो । अब तीब्र वेगमा आर्थिक क्रान्तिका लागि हामीले कसैसँग अनुदान सहयोग होइन ऋण सहयोग, पूँजी लगानी र व्यापार सम्बन्धमा जोड दिनुपर्छ,’ नयाँ शक्तिको सुझाव छ, ‘भारतसँग पनि हामीले त्यसै गर्नुपर्छ ।’

ठूला भौतिक पूर्वाधार योजना सफ्ट लोन लिएर आफैं निर्माण गर्ने नीति लिनु पर्ने भन्दै उसले भारतीय वा अन्यत्रबाट सफ्ट लोन लिएर बहुचर्चित काठमाडौं-निजगढ फाष्ट ट्रयाक नेपालले नै बनाउनु पर्ने भट्टराईको सुझाव छ ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुसँग गरेको छलफलको क्रममा नयाँ शक्तिले आफ्नो लिखित सुझाव बुझाएको हो ।भारतसँग तत्काल थप परियोजना निम्ति सम्झौता गर्नुभन्दा भारतीय लगानी, अनुदान र ऋण सहयोगमा निर्माणाधीन हुलाकी सडक, पञ्चेश्वर लगायतका आयोजना तोकिएको समयमा पूरा गर्न जोड दिनु पर्ने नयाँ शक्तिको सुझाव छ ।

नयाँ शक्ति नेपालले नेपाल भारतबीच देखिएको असमझदारीलाई प्रवुद्ध समूहबाट पहल गर्नु पर्नेमा जोड दिएको छ । दोस्रो विश्वयुद्ध र शीतयुद्धकालीन अवधारणाहरु बोकेर नेपाल-भारत सम्बन्ध सुमधुर बनाउन कठीन हुनेछ, उसले भनेको छ ।

नयाँ शक्ति नेपालले सुस्ता र कालापानीको विवादलाई थाँती राखेर नेपाल-भारत सीमाना स्टि्रप नक्सामा हस्ताक्षर नगर्न सुझाव दिएको छ । साथै लिपुलेकमा नेपालको दावी जाहेर गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको छ ।

भारतसँगको ब्यापार घाटा डरलाग्दो ढंगले बढेको भन्दै नयाँ शक्तिले भारतले लगाएको अतिरिक्त भन्सार, ननट्यारिफ, पाटा टारिफ तथा क्वारेन्टाइन बन्देज हटाउन पहलको माग गरेको छ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found