• Friday, 24 November 2017
  • Nepal Time: 11:18 AM
  • Japan Time: 02:33 PM

सलमान र कट्रिना फेरि पर्दामा

woho-katrina-kaif-in-a-salman-khan-film

बलिउडमा नायक सलमान खान र नायिका कट्रिना कैफको जोडी सधै नै चर्चामा रहन्छ । विशेषगरि, सलमान र कटि्रना प्रेममा जीवनमा परेपछि चर्चामा रहेका थिए ।

तर, पछि सलमानलाई छाडेर कैफ रणवीर कपुरको प्रेममा डुबेपछि यी दुइले चलचित्रमा काम गरेका थिएनन् । ‘एक था टाइगर’ जस्तो सफल चलचित्र दिएको यो जोडी अब यसकै सिक्वेलमा देखिने भएको छ । यशराज ब्यानरले चलचित्र बन्न लागेको घोषणा गरेको हो ।

सन् २०१७ को क्रिसमसमा यो चलचित्र रिलिज हुने छ । चलचित्रमा नायक सलमान खान १७ देखि ७० बर्षसम्मको मानिसको क्यारेक्टरमा देखिने भारतीय मिडियाको दाबी छ ।

सलमानसँग चलचित्र गर्न लागेकी कैफलाई धेरैले उनको डुब्न लागेको करिअर बचाउने उपाय भनेर समेत टिप्पणी गरेका छन् । लगातार ३ चलचित्र असफल भएर छटपटिएकी कैफका लागि ‘टाइगर जिन्दा हे’ विशेष बन्ने पक्का छ । ‘एक था टाइगर’लाई कविर खानले निर्देशन गरेका थिए भने यो चलचित्रलाई अली अब्बास जफरले निर्देशन गर्दैछन् ।

Write a Comment

थप हेडलाइनहरु