• Saturday, 22 July 2017
  • Nepal Time: 10:15 PM
  • Japan Time: 01:30 AM

गायक सुनील बर्देवाको निधन

%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%80%e0%a4%b2-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%be१४ सेप्टेम्बर ,काठमाडौं । गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी निधन भएको छ ।

कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले जानकारी दिए । उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् ।

पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम निस्किएका छन् । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ ।

बर्देवाको पार्थिव शरीरलाई श्रदाञ्जलीकालागि बुधबार बिहान नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमाराखिने जनाइएको छ । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found