• Tuesday, 27 June 2017
  • Nepal Time: 09:29 PM
  • Japan Time: 12:44 AM

आर्थिक अभाबले उपचार नपाएका सिन्धुपाल्चोकका भोलानाथलाइ नागोयाबाट सहयोग

nagoya-help१४ सेप्टेम्बर,नागोया | आर्थिक अभावका कारण उपचार हुन नसकेका एक बिरामीको लागि नागोयाबासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् | आफ्ना छोराको उपचार गराउन नसकेर तडपिरहेका सिन्धुपाल्चोकका ७८ वर्षीय पदमबहादुर नेपालीको वेदना मंगलबार साँझ बिबिसि नेपाली सेवाबाट प्रसारण भएपछि जापानमा बस्ने दानवीर नेपालीहरुले तत्काल रकम संकलन गरी नेपाल पठाएका छन् ।
लामो समयदेखि बिरामी भोलानाथ नेपाली, (५० बर्ष)को शल्यक्रियाका लागि एक लाख रुपैयाँ जुटाउन नसकेर तपिरहेका पदमबहादुरको पीडाबाट मर्माहत नायोगाबासी केही नेपालीहरुले बुधबार बिहानै १ लाख ३२ हजार ५०० जापानी येन (१ लाख ३६ हजार बराबरको नेपाली रुपैया)बुधबार नै पीडित समक्ष पुग्ने गरी नेपाल पठाएका छन् ।
समाचार सुनेर मन द्रवित भएर सहयोगमा जुटेका २२ जना नागोयाबासी नेपालीहरुमा रोबिन्दप्रसाद श्रेष्ठ (गोबिन्द), यम बहादुर खत्री
, दिपक घिमिरे, पारसमणि पोखरेल, शुशिल गिरी
, झम्पलाल गैरे
, धन बहादुर खत्री
, चिरञ्जीवी सिग्देल, बाबुराम खरेल
, कृष्ण खरेल, दीपक के.सी., बिष्णुप्रसाद घिमिरे, डिलाराम खरेल
, रामप्रसाद खरेल अर्जुन के.सी.
, बिमल अधिकारी, सरोज कँडेल हुनुहुन्छ ।त्यसै गरी प्रबिण अधिकारी, शेर बहादुर के.सी. , केशर कुमार गिरी, कृष्ण रेग्मी, नारायण कँडेलको अमूल्य सहयोग प्राप्त भएको छ ।

 

Write a Comment

थप हेडलाइनहरु

    None Found