- Tuesday, 24 April 2018
- Nepal Time: 09:07 PM
- Japan Time: 12:22 AM
अग्युरोको हृयाट्रिकसँगै सिटीको सहज जित
१५ सेप्टेम्बर, काठमाडौं । सर्जिओ एग्युरोको हृयाट्रिकको मदतमा म्याानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सुखद सुरुवात गरेको छ ।
बुधबार राति भएको खेलमा सिटीले बोरुसिया मोनचाङलेबाचलाई ४-० गोल अन्तरले हराएको हो । अघिल्लो दिनको खेल वर्षाका कारण एक दिन पछि सरेका कारण सिटीको घरेलु मैदानमै भएको खेल भएपछि झण्डै ३२ हजार दर्शक मात्र रंगशालामा उपस्थित थिए ।
खेलको आठौं मिनेटमा एग्युरोल गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको २८ औं मिनेटमा दोस्रो गोल गरेका उनले ७७ औं मिनेटमा पेनाल्टी गोलमार्फत हृयाट्रिक पुरा गरे ।
खेलको अतिरिक्त समयमा इहिनाचोले गोल गरेपछि म्यानचेष्टर सिटी ४-० ले विजयी भएको छ ।
लेस्टरले जित्यो, टोटनहृयामको हार
प्रिमियर लिग च्याम्पियन लिसेस्टरले पनि सुखद सुरुवात गरेको छ । क्लबकै इतिहासमा पहिलो च्याम्पियन्स लिग खेल खेलेको लिसेस्टरले क्लब बर्गलाई ४-० ले हराएको छ ।
बर्गको घरेलु मैदानमा र्भको खेलमा लिसेस्टरका लागि ओब्राइटनले एक र महरेजले दुई गोल गरे ।
अर्को इंग्लिस क्लब टोटनहृयाम भने हारेको छ । टोटनहृयामले फ्रान्सेली क्लब मोनाकोसाग २-१ को हार व्यहोरेको हो ।
Write a Comment
थप हेडलाइनहरु
- एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जित्नेमा प्रशिक्षक विश्वस्त
- म्यानचेस्टर युनाईटेड पराजित, अर्को चरणमा प्रवेश गर्ने सम्भावना कमजोर
- मेसीको ५ दिनमा ५ गोल
- च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार सुरुवात
- तरकारी बेच्नेको छोराले दिलाए भारतलाई पाराओलम्पिकमा स्वर्ण
- ‘वावरिन्कालाई युएस ओपनको उपाधि’
- रियल मड्रिडको सहज जित, बार्सिलोनाको अप्रत्यासित हार
- जोकोभिच र वावरिन्का युएस ओपन टेनिसको उपाधिका लागि भिड्ने
- पारा ओलम्पिक सुरु, नेपालबाट दुई खेलाडी सहभागी हुने
- विश्वकप छनौटः स्पेनले ठोक्यो आठ गोल