• Saturday, 16 December 2017
  • Nepal Time: 05:55 PM
  • Japan Time: 09:10 PM

विपी जयन्ती तथा गणेशमान स्मृति दिवसका अवसरमा अन्तर्क्रिया सम्पन्न

japanगुन्मा ,जापान/ सेप्टेम्बर १६ विपी जयन्ती तथा गणेशमान स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिती जापानले वृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सेप्टेम्बर १५ तारिखमा गुन्मा केनमा रहेको दार्जिलिगं रेष्टुरेण्टमा आयोजित लोकतन्त्र , विपी गणेशमानका विचार र बर्तमान राजनिती विषयक अन्र्तक्रियामा बोल्ने बक्ताहरुले पछिल्लो समय सिद्धान्तको राजनितीबाट विमुख भएर ब्यक्ति केन्द्रित राजनिती मौलाउदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए।

विपी र गणेशमानको विचार आज सम्म उत्तिकै सान्दर्भिक रहेको बताउदै विदेशमा फुटेर नभई जुटेर काग्रेस अघि बढनु पर्नेमा जोड दिइएको थियो । नेपाली जनसंपर्क समिती जापानका सभापति नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसंपर्क समिती जापानका पुर्व सभापति वलराम श्रेष्ठ,उपसभापति शेर बहादुर के.सी., बलदेव थापा लगाएतकाले विपी र गणेशमानको विचार र सिद्धान्तहरुको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा जापानका विभिन्न स्थानबाट आएका १०० भन्दा बढि काग्रेस समर्थकहरुको उपस्थीती रहेको थियो ।

यसैविच अन्र्तक्रिया पछि बसेका वैठकले जनसम्पर्क समिती जापानको बर्तमान कार्यसमीतीको कार्यकाल एक बर्ष थप गरेको छ । पार्टि केन्द्रको निर्देशन लत्याउदै आफुखुशि नयाँ कार्यसमीतीका लागि मतदान ,मतगणना,मतपरिणाम घोषणा शपथ ग्रहण जस्ता गतिविधी गरी जनसंपर्क समितीको गरिमा ओझल पार्न खोजिएको भन्दै निन्दा गरिएको छ ।

छलफलले कार्यसमीतीमा रिक्तरहेका पदहरुलाई सर्वसम्मत रुपमा पुर्ति गरेको छ । यस अघि कार्यसमितीका सदस्य रहेका रेशम डगोललाई महामन्त्री पदमा सर्वसम्मत चयन गरिएको छ । अन्य पदहरुमा हाल थप गरिएका सदस्यहरुबाट चयन गरिने जनसंपर्क समिती जापानका सभापति नारायण सुवेदीले जानकारी दिए ।

छलफलले पिताम्बर चापागाई ,युवराज अधिकारी ,चिरन पाठक,सुजन जोशी ,कमल आचार्य , निरज कोईराला ,लक्ष्मण गुरागाई ,राम बास्तोला,नवराज थापा ,विपीन घिमीरे ,दिपक भुसाल,राजु पनेरु ,टिकाराम खरेल लाई मनोनित गरि पदपुर्ति गरेको हो ।

Write a Comment

थप हेडलाइनहरु

    None Found