• Friday, 18 August 2017
  • Nepal Time: 07:47 PM
  • Japan Time: 11:02 PM

क्युएस रेमिटले ल्यायो दशैँ तिहार भाग्यशाली उपहार योजना

imageटोकियो | अब जापानबाट नेपाल पैसा पठाउदा आइफोंन समेत हात पर्ने भएको छ । नेपाली हरुको महान पर्व “वडादशै तिहार” को अवसर पारेर क्युएस रेमिट जापानले हरेक हप्ता एक जनालाई भर्खरै मात्र बजारमा आएको “आईफोन 7 ” उपहार स्किम सार्वजनिक गरेको छ ।
जापानमा रहेको क्युएस रेमिटले आश्विन १ गते अर्थात सेप्टेम्वर १७ तारिक शनिवारबाट लागुहुने गरि हप्ताको एक जनालाई आईफोन उपहार कार्यक्रम सार्वजानिक गरेको हो ।
यो स्किमबाट सात हप्तामा सात जना भाग्यमानिले भर्खरै उपलब्ध हुन थालेको आईफोन सेभेन भाग्यशाली उपहार प्राप्त गर्ने रेमिटका कार्यकारी निर्देशक सुरेश गिरीले जानकारी दिनुभयो । क्युएस रेमिट जापानले नेपालको हिमालय रेमिट तथा समसारा रेमिट मार्फत रकम पठाउदै आएको छ ।

Write a Comment

थप हेडलाइनहरु