• Sunday, 17 December 2017
  • Nepal Time: 10:31 PM
  • Japan Time: 01:46 AM

पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा टोकियोमा

imageटोकियो । राप्रपा नेपालका अध्क्ष्य एवम पुर्व उपप्रधान तथा परराष्ट्रमंत्री कमल थापा आज जापानको टोकियो अाइपुग्नु भएको छ । उहालाइ टोकियोस्थित् हानिडा विमानस्थलमा नेपाली दुतावास जापानका लागि कार्यवहाक राजदुत कृष्ण चन्द्र अर्याल तथा ओनो जापानको टिमले स्वागत गरेको छ । नेपाल जापान सम्बन्धको ६०औ बर्ष पुरा भएको उपलक्ष्यमा सेप्टेम्बर २६ मा इवाते प्रिफेक्चरको मोरिओकामा इवाते इन्टरनेसनल एसोशिएसन जापान,नेपाल जापान नागरिक समाज,र इवाते गभर्नर कार्यालयको सँयुक्त आयोजनामा हुन लागेको बिशेष कार्यक्रमलाई थापाले उद्घाटन र प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने बिशेष कार्यक्रम रहेको छ । त्यसै गरिदै भोली सेप्टेम्बर २५ मा जापानमा सक्रिय रहेको राप्रपा नेपालको भातृसंगठन ओनो जापानको छैठौ अधिवेशनमा प्रमुख अतिथीको रुपमा भाग लिने कार्यक्रम रहेको छ । यि सबै कार्यक्रमहरुमा राप्रपा नेपाल महिला सगठन सल्लाह्कार प्रलिता थापा, राप्रपा नेपालका प्रवास बिभाग प्रमुख बिजय खड्का सहित केन्द्रिय सदस्य तथा युवा नेता राजाराम बर्तौला र प्रेम कुमार श्रेस्ठको पनी अतिथीको रुपमा उपस्थित रहने छ । अधिवेशन पछी जापानमा रहेका पत्रकार,ब्यवसायी, बिधार्थी बुद्दिजिवी तथा बिभिन्न क्षेत्रमा काम गर्नुहुने नेपाली समुदायहरु सँग अन्तरक्रियाको कार्यक्रम रहेको छ । ५ दिनको जापान बसाईमा उहाले जापानका परराष्ट्रमंत्री, इवाते गभर्नरलाई भेट्नु हुने कार्यक्रम रहेको छ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found