• Saturday, 23 September 2017
  • Nepal Time: 04:43 PM
  • Japan Time: 07:58 PM

म्यानचेस्टर युनाईटेड पराजित, अर्को चरणमा प्रवेश गर्ने सम्भावना कमजोर

wayne-rooney-left-and-zlatan-ibrahimovic-look-on-after-manchester-united-fall-two-goals-down-in-istanbul४ नाेभेम्बर, काठमाडौं । युरोपा लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ । जोजे मौरीन्होको प्रशिक्षणमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाईटेडलाई गएराति टर्कीको फेनरबाचेले २–१ ले हराएको हो ।

यो हारसँगै म्यानचेस्टर युनाईटेडको युरोपा लिग फुटबलमा अर्को चरण प्रवेश गर्ने सम्भावना कमजोर बन्दै गएको छ । समुहमा दुई खेलमात्रै बाँकी छँदा म्यानयुको ६ अंक छ । ७-७ अंक जोडेका नेदरल्याण्ड्सको फेयनुर्ड र टर्कीस क्लव फेनरबाचे शीर्ष दुई स्थानमा छन् ।

उता अर्को इङ्लिस क्लब साउथ ह्याम्पटनले भने गएराति ईटालीको ईन्टर मिलानलाई २–१ ले हराएको छ । यही समुहको अर्को खेलमा चेक गणतन्त्रको स्पार्टा प्रागले ईजरेलको हपोईल बिर शेभालाई २–० ले हराएको छ ।

युरोपा लिग फुटबलअन्तर्गत गएराति भएका अन्य खेलमा स्पेनको एथ्लेटिक बिल्बाओ विजयी हुँदा सेल्टा भिगो र भियारीयाल पराजित भएका छन् ।

यसैगरी ईटालीको एएस रोमाले अष्ट्रिया वेनलाई ४–२ ले हराउँदा अर्को ईटालियन क्लब फियोरेन्टिनाले स्लोभेनियाको स्लोभान लिबरेकलाई ३–० ले हराएको छ ।

रुसको जेनिथ, बेल्जियमको एन्डरलेच्त, नेदरल्याण्ड्सको आयाक्स, पोर्चुगलको ब्रागा र युक्रेनको शख्तर पनि आ–आफ्ना खेलमा विजयी भएका छन् ।

 

Write a Comment

थप हेडलाइनहरु

    None Found