• Friday, 24 November 2017
  • Nepal Time: 11:16 AM
  • Japan Time: 02:31 PM

सिमिकोट विमानस्थलमा मकालु एयरको जहाज दुर्घटना

plane११ नाेभेम्बर, काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलमा शुक्रबार विहान मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ । सुर्खेतबाट उडेको नाइन एन एजेजी जहाज अवतरणको क्रममा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेका अनुसार जहाजमा चालक दलका दुई जना सदस्यमात्र थिए र उनीहरु दुबैजना सकुशल छन् ।

अवतरणको क्रममा जहाजबाट धुँवा निस्किएको र पांग्रा पन्चर भएको डा. घिमिरेले जानकारी दिए । उनले भने, ‘रनवेको बीचमा आइपुग्दा धुँवा निस्किएको देखियो र फोर्सली ब्रेक लगाउँदा पांग्रा ब्रस्ट भयो ।’

दुर्घटनाका कारण रनवेको बीचमै रोकिएको सो जहाजलाई ठेलेर पार्किङस्थलसम्म पुर्‍याइएको थियो । जहाज ग्राउण्डेड भएको र प्राविधिक परीक्षणको काम भइरहेको घिमिरेले बताए ।

सिमिकोट विमानस्थलमा उडान र अवतरण भने जारी छ ।

Write a Comment

थप हेडलाइनहरु