• Monday, 26 June 2017
  • Nepal Time: 06:46 PM
  • Japan Time: 10:01 PM

सेञ्चुरी मसला उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा

fire-intro-pic११ नाेभेम्बर, काठमाडौं । मोरङको टंकिसिनवारी – २ मा रहेको दुगड स्पाइसेस एण्ड फुट प्रोडक्ट प्रालिको सेञ्चुरी मसला उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा आएको छ ।

बिहीबार साझ साढे ६ बजेदेखि सेञ्चुरी मसला प्याकिङ उद्योगमा लागेको आगो आज विहान ७ बजे मात्र पूर्ण रुपमा नियन्त्रणमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए । पानी अभावका कारण आगो नियन्त्रणमा समस्या आएको थियो ।

सुनसरी, मोरङ र झापाका आधा दर्जन दमकलका साथै सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।  । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उद्योगी मोती दुगडको सो उद्योगमा सेन्चुरी मसला, कुरमुरे तथा काटुन फ्याक्ट्री संचालनमा छ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found