• Friday, 18 August 2017
  • Nepal Time: 08:14 PM
  • Japan Time: 11:29 PM

शिब परियार संगै देबी, बसन्त र कमल अग्रेजी नयाँ बर्षमा जापानमा

डिसेम्बर ३१ नागोया, जनवरी १ ओसाका र २ टोकियोमा सांगीतिक कार्यक्रम गर्ने

galkot-new-yearटोकियो| गल्कोट समाज जापानले बिगतका बर्षहरु जस्तै यो पटक पनि परोपकारी उदेश्यका साथ अग्रेजी नयाँ बर्ष २०१७ मा सांगीतिक कार्यक्रम गर्ने भएको छ । आमन्त्रित कलाकारको रुपमा चर्चित गायक शिब परियार संगै लोकप्रिय लोक गायिका देबी घर्ति, लोकप्रिय गायक तथा सर्जक बसन्त थापा र हास्यकलाकार कमल गाउले जापान आउने भएका छन् ।

अग्रेजी नयाँ बर्ष २०१७ को उपलक्षमा गरिने सांगीतिक कार्यक्रम डिसेम्बर ३१ नागोया, जनवरी १ ओसाका, जनवरी २ टोकियोमा हुने समाजले जानकारी दिएको छ ।

बिगत २०१३ सालदेखि निरन्तर अग्रेजी नयाँ बर्षको उपलक्षमा जापानका प्रमुख शहरमा सांगीतिक कार्यक्रम गर्दै आइरहेको गल्कोट समाज जापानले सोहि कार्यक्रम मार्फत भएको आम्दानीले नेपालमा बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ ।

गल्कोट क्षेत्रमा बिधालयलाइ सहयोग, एम्बुलेन्स हस्तान्तरण तथा स्वास्थ क्षेत्रमा उपकरण तथा सामाग्री हस्तान्तरण लगाएत लाखौ को लगानीमा निशुल्क स्वास्थ शिबिर सचालन गरि सकेको गल्कोट समाज जापानले यो बर्ष बिकट तथा भूकम्पप्रभावित क्षेत्रमा बिधालय निर्माणको महत्वाकांक्षी योजना संगै गल्कोट क्षेत्रको पर्यटन क्षेत्रको बिकाशको लागि समेत काम गर्ने योजना अघि सारेको छ । बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको गल्कोट समाज जापान यस पटक शिक्षा क्षेत्रमा काम गर्न लागेको महासचिब सम्मर बस्नेतले सेतोपरेवालाइ जानकारी दिनु भयो । बस्नेतका अनुसार कार्यक्रममा प्रवेश शुल्क ३,००० एन राखिएको र अग्रिम बुकिंग गर्ने दर्शक हरुलाई २५०० एन राखीएको बताइएको छ । समाजका अनुसार सम्पूर्ण दर्शकको उपस्थिति बिधालय भबन निर्माणमा एक इट्टा थप्ने काम गर्ने छ ।

समाजका अध्यक्ष नर ब. थापाले बिशेष आग्रहगर्दै भन्नु भयो : “समाजले बिगत पनि बिभिन्न चरणमा समाजमा काम गर्दै आइरहेको र अहिले पनि बिकट तथा भूकम्प प्रभावित ठाउमा शिक्षा क्षेत्रमा काम गर्न लागेको अबगत गराउदै यस परिस्थितिमा सबै मिलेर सामाजिक काम गर्नु पर्ने र गल्कोट समाज जापान को यो परोपकारी कार्य सम्पन्न गर्न को लागि सांगीतिक कार्यक्रम पनि सफल हुनु पर्ने भएको हुदा हामीले तय गरेको मिति बिगत ३ महिना पहिले नै सार्बजनिक भै सकेको कुरा अबगत गराउदै बिगतका बर्ष जस्तै कार्यक्रम नजुधाई सहयोगी भूमिका खेल्न सम्पूर्ण जापान मा क्रियासिल सस्थालाइ बिशेष आग्रह गर्दछु” ।

 

Write a Comment

थप हेडलाइनहरु