• Tuesday, 27 June 2017
  • Nepal Time: 09:28 PM
  • Japan Time: 12:43 AM

सुगम पोखरेल,नबीन के भट्टराइ सहित कलाकारहरूले नया बर्षमा नागोया तताउने

अहिले सम्मकै पृथक कार्यक्रम हुने आयोजकको दाबी

new-yearनागोया | जापानको नागोयामा बासोबास गर्दै आएका नेपालीहरुले संयुक्त रुपमा अहिले सम्मकै पृथक संगीतिक कार्यक्रमको आयोजना गरेका छन । नयाँ बर्ष २०१७ को उपलक्ष्यमा नागोयाबासीहरुको सामाजिक समुह नेपाली समाज नागोयाले महाबिर पुनको अभियानलाई सहयोगार्थ 
जनवरी १ तारिकका दिन सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

नेपालबाट आमन्त्रित विभिन्न विधाका
 चर्चित कलाकारहारु गायक सुगम पोख्रेल ,नबिन के भट्टराई लोक गायिका मालती खरेल र अहिलेकी चर्चित नायिका नम्रता सापकोटाको साथमा जापानमै
 बसेर सांगीतिक क्षेत्रलाई निरन्तरता दिई रहेका कलाकारहरु श्याम शितल, कर्म दोंग तामांग ,रामशरण राज ,मनोज के सी ,राजिव लामा र समिक्ष्या थापाको 
प्रस्तुति रहने उक्त कार्यक्रमलाई क्यु यस मोनी ट्रान्सफरले मुख्य प्रयोजन गरेको छ । अन्य प्रायोजकहरुमा पोखरा रेस्टुरेन्ट, सामिका सुपरमार्केट,करुणा इन्टरप्राइजेज,
शुभकामना रेस्टुरेन्ट,सन् लाइट रेस्टुरेन्ट बिजी बी कम्पनी र एभरेस्ट कर्पोरेसन मेनपावर रहेको छ ।
नेपाली समाज नागोया आयोजक रहेको उक्त कार्यक्रमको सह आयोजकमा 
नेपाली समाज तोयोकावा र नागोया ब्रदर्स रहेको छ भने सहयोगी संघ संथाहरुमा गल्कोट समाज जापान नागोया,धादिंग समाज नागोया,सगरमाथा महिला समुह ,चितवन
 समाज जापान,मगर समाज जापान,सेर्पा समाज जापान ,आदिबासी जनजाती महासंघ जापान ,स्यांजा समाज जापान,म्याग्दी मोना जापान र एन आर एन नागोया 
रहेका छन ।

नागोया साकायको आपा होटलमा दिउसो २ बजे बाट सुरु हुने उक्त कार्यक्रम राति १० बजे सम्म चल्ने छ सर्बसाधारणको लागि जापानी येन ३००० प्रबेस 
सुल्क निर्धारण गरियको र बिधार्थीहरुको लागि बिसेस छुटको व्यवस्था गरियको आयोजक समितिका संयोजक दीपक के सी ले जानकारी दिनुभयो |

Write a Comment

थप हेडलाइनहरु

    None Found