• Friday, 18 August 2017
  • Nepal Time: 08:18 PM
  • Japan Time: 11:33 PM

नयावर्षमा कलाकारहरु सुगम,नम्रता र नबिनले यसरी तताए नागोयाबासिलाइ (फोटो फिचर सहित )

नागोया | जापानको नागोयामा नेपालबाट आमन्त्रित कलाकारहरुको उपस्थितीमा भब्यरुपमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ | नयावर्ष २०१७ को उपलक्ष्यमा आयोजित उक्त कार्यक्रमबाट संकलित रकम महाबिर पुनको अभियान राष्ट्रिय अविष्कार केन्द्र स्थापनार्थ सहयोग गरिने जनाइएको छ |
नागोयामा बासोबास गर्दै आएका नेपालीहरुले संयुक्त रुपमा आयोजना गरेको उक्त ” Musical Night -2017 “को कार्यक्रमका प्रमुख अतिथि एन आर एन एशिया प्यासेफिकका उपसंयोजक रोविन्द श्रेष्ठ (गोबिन्द),बिशेष अतिथि एन आर एन आइ सी सी सदस्य पारसमणि पोखरेल र सभापति एबम उक्त कार्यक्रमका कार्यक्रम संयोजक दिपक के सी ले संयुक्त रुपमा दिपप्रज्ज्वलन गरि उद्घाटन गर्नु भएको थियो | यस क्षेत्रमा रहेका प्राय सबै संघ सस्थाका पदाधिकारी एबम प्रतिनिधिहरु उपस्थित उक्त कार्यक्रममा स्थानीय कलाकारहरु श्याम शितल,राजिब लामा,कर्म दोङ्ग तामांग , रामशरण राज ,मनोज के सी लगाएतको प्रस्तुतिले सांगीतिक माहोल तात्दै थियो जब नबिन के भट्टराई स्टेज प्रवेश गरि साँझ पख एकान्तमा ……. गाउदै थिए हल जुरुक्क उठ्दै थियो नबिनले लगातार आफ्नो प्रस्तुति नदिइरहन सकेनन | नेपाली आधुनिक पपसंगीतका हस्ती गायक नबिन के भट्टराईले हलमा उपस्थित अहिलेका तन्नेरी देखि बुढेसकाल लाग्दै गरेका सबैको उत्तिकै हाई हाई पाइरहेका थिए | त्यस्तै नायिका नम्रता सापकोटाले पुर्व पश्चिम रेल…….झुम्के रुमाल खोइ …….लगाएतको गीतमा नृत्य प्रस्तुत गर्दै दर्शकको ताली पाइरहेकी थिइन् | अर्का नेपाली आधुनिक पप संगीतका सदाबहार गायक सुगम पोखरेल बैशाकीकै सहारामा स्टेज प्रवेश गर्दै दर्शकलाइ दशैँ आएको आभाष दिलाउदै आफ्नो सांगीतिक प्रस्तुति शुरु गरेका थिए | संगीतकार अर्जुन पोखरेल द्वारा संगीतबद्द अहिलेको सर्बाधिक चर्चित गित म एस्तो गित गाउछु ………गाउन शुरु गरे दर्शकहरु संगीतमा डुबेका देखिन्थे | दर्शकहरुको जोशले टेक्दै आएको बैशाकीलाइ पन्छाउदै लगातार आफ्नो प्रस्तुति दिन थाले जब सुगम यस्तो पाराले चल्दैन यहाँ ……. भन्दै थिए दर्शकहरु जाडो मौसममा पनि ज्याकेट खोल्दै सांगीतिक रम्दै उफ्रीरहेका थिए | निर्धारित समय भन्दै निकै ढिलो गरि शुरु भएको कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुको प्रस्तुतिमा झुमी रहेका दर्शकलाइ कार्यक्रम भब्य अनि सब्य लागेता पनि कलाकारहरुको प्रस्तुति भने छोटो भएको गुनासो भने नसुनिएको होइन |
कार्यक्रममा आयोजक समितिका सदस्य यम खत्री ले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन कलाकार श्याम शितलले गर्नु भएको थियो |
कार्यक्रमलाई क्यु यस मनि ट्रान्सफरले मुख्य प्रयोजन गरेको थियो भने अन्य प्रायोजकहरुमा पोखरा रेस्टुरेन्ट, सामिका सुपरमार्केट,करुणा इन्टरप्राइजेज,
शुभकामना रेस्टुरेन्ट,सन् लाइट रेस्टुरेन्ट, बिजी बी कम्पनी र एभरेस्ट कर्पोरेसन मेनपावर रहेको थियो । नेपाली समाज नागोया आयोजक रहेको उक्त कार्यक्रमको सह आयोजकमा 
नेपाली समाज तोयोकावा र नागोया ब्रदर्स रहेको छ भने सहयोगी संघ संथाहरुमा गल्कोट समाज जापान नागोया,धादिंग समाज नागोया,सगरमाथा महिला समुह ,चितवन
 समाज जापान,मगर समाज जापान,सेर्पा समाज जापान ,आदिबासी जनजाती महासंघ जापान ,स्यांजा समाज जापान,म्याग्दी मोना जापान र एन आर एन नागोया 
रहेका थियो ।

Write a Comment

थप हेडलाइनहरु