• Sunday, 17 December 2017
  • Nepal Time: 10:33 PM
  • Japan Time: 01:48 AM

चितवन उधोग संघका पदाधिकारी बिच टोकियोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

टोकियो | चितवन समाज जापानको आयोजनामा आइतबार चितवन उधोग संघका पदाधिकारी एवम् चितवन समाज जापानका पदाधिकारीबीच अन्तर्क्रिया कार्यक्रम टोकियोमा सम्पन्न भएको छ | जापान सरकारको निमन्त्रणामा INDUSTRIAL MANAGEMENT TRAINING कार्यक्रमको लागि जापान भ्रमणमा रहेका संघका प्रतिनिधि र समाजका तथा सम्बन्धित सदस्यबिच रोधीघरको हलमा सो कार्यक्रम सम्पन्न भएको हो |
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं चितवन उधोग संघका महासचिब सुर्य प्रसाद न्यौपानेले अबको समय बिना शंका निर्धक्क भएर उद्योग-व्यवसायमा लगानी गर्न सकिने समय आएको बताउनुभयो | नेपालमा गएको भुकम्प, त्यसपछिको नाकाबन्दी र राजनीतिक फेरबदलले सबैमा नयाँ चेतना जगाउदै अब फुटेर होइन जुटेर आँफैले सम्रिद्द नेपाल निर्माणमा लाग्ने प्रेरणा मिलेकोले यस क्षेत्रमा अब कुनै बाधा नआउने बिश्वाश व्यक्त गर्नुभयो | त्यसैगरि, कार्यक्रमका विशेष अतिथि तथा चितवन उधोग संघका पूर्व कार्यकारी निर्देशक युगराज वस्तीले औद्योगिक शिक्षा र औद्योगिक पुर्बधारको कमी नै नेपालको औद्योगिकरणको चुनौती भएको बताउनुभयो | वस्तीले हामि नेपालीमा भर्खर-भर्खर आत्मनिर्भरताको भावना संगै उद्योग-व्यवसाय शुरु गरेको अवस्थामा स्थान छनौट, प्राबिधिक ज्ञान , व्यवसाय संचालनका रणनिति  सम्बन्धि ज्ञानको कमीले सफल व्यवसायमा असर गर्ने गरेको बताउनुभयो | यद्यपी बैदेशिक रोजगार, बैदेशिक उच्च शिक्षा र अब आत्मनिर्भर हुनैपर्छ भन्ने चाहनाले यो सबै चुनौतिलाई पार गर्दै अबको ५ बर्षमा नेपालको अनुहार सकारात्मक रुपमै फेरिन सक्ने सम्भावना टड्कारो रुपमा रहेको बताउनुभयो | त्यसैगरी, जापानका नेपालि व्यबसायी तथा समाजका सल्लाहकार अरुण कुमार श्रेष्ठले उद्योग-व्यवसाय सफल बनाउन उत्पादन प्रदर्शनिले व्यवसायीमा प्रतिष्पर्धाको भावना जगाउने हुनाले एक्सपोको आयोजना बेला-बेलामा हुनुपर्नेमा जोड दिनुभयो बताउनुभयो| यसैबीच, लेखनाथ बाणिज्य संघका पूर्व अध्यक्षले हामी जल-जमिन ,जडिबुटी ,जनशक्ति, आन्त सबै छन् तर देशमा शान्ति र राजनीतिक स्थिरता नभएकोले नेपालको उद्योग-व्यवसाय धरापमा परेको बताउनुभयो |
समाजका उपाध्यक्ष राजन श्रेष्ठको अध्यक्षता एवं सल्लाहकार अर्जुन अधिकारीले संचालन गर्नुभएको सो कार्यक्रममा कास्की पोखरा समाजका अध्यक्ष शिव पौडेल, समाजका सल्लाहकार लोकनाथ वस्ती समाजका कोषाध्यक्ष हरिचन्द्र पौडेललगायतले मन्तव्य राख्नुभएको थियो |

Write a Comment

थप हेडलाइनहरु

    None Found