• Tuesday, 27 June 2017
  • Nepal Time: 09:28 PM
  • Japan Time: 12:43 AM

चितवन समाज जापानद्वारा राउटे युवाको उपचारको निम्ति संकलित रकम हस्तान्तरण

टोकियो | अछामको पियालतडामा आगो ताप्ने क्रममा जलेर मृत्युसँग संघर्ष गरिरहेका राउटे युवाको उपचारको लागि चितवन समाज जापानले सहयोग रकम हस्तान्तरण गरेको छ। १४ महीनाअघि आगोले पोलेर घाइते भएका राउटे समुदायका कपिल शाहीको उपचारको निम्ति २ दिने रकम संकलन अभियानबाट प्राप्त ३४,२२४ येन समाजले नागरिकन्युजका पत्रकार नगेन्द्र उपाध्यायलाइ हस्तान्तरण गरेको हो। राउटे क्याम्पमा लागेको आगोबाट घाइते भएका शाहीको कमजोर आर्थिक अवस्थाका कारण जिर्ण घाउ लिएर जीवन बिताउन बाध्य भएको समाचार नागरिकन्युज पत्रिकामा प्रकाशित भएपछीजे-जति सकिन्छ सहयोग गरौ भन्ने मनशायले रकम संकलन अभियान अघि बढाइएको समाजका अध्यक्ष सरोज कंडेलले बताउनुभयो । साथै, दु:खी, असहायका समस्या निराकरणमा सदा तत्पर समाजले सुरु गरेको अभियानमार्फत संकलित रकम पत्रकार उपाध्यायको नेपालस्थित बैंक खातामा ट्रान्सफर गरीएको कंडेलले जानकारी दिनुभयो।
राउटे पनि हाम्रै देशको एक समुदाय हो, जसरी दुखमा अन्य वर्गका व्यक्ति-समाजले हामीबाट सहयोग पाउँछन, त्यसरी नै आवश्यक पर्दा राउटे समुदायका शाहीजस्ता निसहायलाइ पनि समाजको सक्दो सहयोग अवश्य रहने समाजकी प्रवक्ता मनिषाले बाँस्तोलाले बताउनुभयो। देशकै एक समुदायको १६ बर्षे युवा केही सिक्ने-गर्ने उमेरमा यसरी लाचार जीवन बिताउन बाध्य हुनु भनेको हामीले पनि त्यस समुदायको होनहार युवालाई निरुत्साहित गर्नुजस्तो भएकोले यस्तो अभियानमा अन्य संघ-संस्थाले समेत हातेमालो गर्नुपर्ने बाँस्तोला बताउनुहुन्छ।
समाचारसंगै फोटोग्राफर तथा पत्रकारद्वय किशोर शर्मा र नगेन्द्र उपाध्यायबाट गरिएको अपिल देखेपछि मानवताको हैसियतले यो अभियान शुरु गरीएको समाजका कोषाध्यक्ष हरिचन्द्र पौडेलले बताउनुभो। हालसम्म सो हस्तान्तरीत रकम संकलन भएको भन्दै पौडेलले उदार मनले यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्णप्रति आभार व्यक्त गर्नुभयो। साथै, कबुल रकममध्य अझै केहि संकलन हुन बाँकी रहेको र अभियानको अवधी सकिएतापनि ईच्छा हुनेहरुबाट सहयोग प्राप्त भएमा सो पनि सम्बन्धित पक्षलाई हस्तान्तरण गरीने उहाँले बताउनुभयो ।

Write a Comment

थप हेडलाइनहरु

    None Found