- Sunday, 22 April 2018
- Nepal Time: 06:15 PM
- Japan Time: 09:30 PM
तमु धि जापान,नागोयाद्वारा बिरामी अरुण गुरुङको उपचारार्थ संकलित सहयोग रकम हस्तान्तरण
नागोया – तमु धिं जापान ,नागोयाले बन्दीपुर स्थित एक मृगौला पिडित बिरामीलाइ आर्थिक सहयोग गरेका छन् | तमु धिं जापान , नागोयाका अध्यक्ष शिवराम गुरुङका अनुसार तनहु जिल्ला बन्दीपुर निवासी मृगौला पिडित अरुण गुरुङको उपचारार्थ आफ्नो सस्थाका सदस्यहरु मिलि संकलन गरेको ४१ हजार जापानिज येन नेपाल पठाइएको छ | उक्त रकम बिरामीका दाजु विकास गुरुङको नेपाल स्थित ग्लोबल आइ एम इ बैंकको बैंक खाता ३५०७०१००१३२१८ मा जम्मा हुने गरि क्योउदाइ आइ एम इ रेमिट्यान्स नागोयाका मार्केटिंग म्यानेजर युवा गुरुङलाइ हस्तान्तरण गरिएको छ | तमु धिं नागोयाका अध्यक्ष शिवराम गुरुङ , सचिब आर के गुरुङ ,कोषध्यक्ष दिलिप गुरुङ र सल्लाहकार आशिष गुरुङको टोलिले रकम हस्तान्तरण गरेका हुन् | रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष गुरुङले यस परोपकारी कार्यमा सहयोग गर्नु हुने तमु धी नागोयाका सम्पूर्ण गुरुङ दाजु भाई दिदी बहिनीहरुमा धन्यवाद ब्यक्त गरेका छन् | उक्त सहयोग रकम क्योउदाइ आइ एम इ नागोयाले निशुल्क रुपमा नेपाल पठाउन सहयोग गरेको थियो |
Write a Comment
थप हेडलाइनहरु
- नागोयामा ल्होछार साँझ-२०१८ सम्पन्न
- चितवन उधोग संघका पदाधिकारी बिच टोकियोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
- राप्रपाको भातृ संगठन ओनो जापानको एकता भेला सम्पन्न
- कलाकार राजिब लामाको “0ne Love” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा टोकियोमा
- क्युएस रेमिटले ल्यायो दशैँ तिहार भाग्यशाली उपहार योजना
- विपी जयन्ती तथा गणेशमान स्मृति दिवसका अवसरमा अन्तर्क्रिया सम्पन्न
- आर्थिक अभाबले उपचार नपाएका सिन्धुपाल्चोकका भोलानाथलाइ नागोयाबाट सहयोग
- एन आर एन जापानको सातौ वार्षिक साधारण सभा ओकिनावामा
- सङ्गठित हुँदै सिजुओकामा एमाले समर्थकहरु,ढुंगानाको अध्यक्षतामा प्रबासी नेपाली मन्च सिजुओका तदर्थ समिती गठन