• Friday, 24 November 2017
  • Nepal Time: 11:12 AM
  • Japan Time: 02:27 PM

अनेसास जापानको नया नेतृत्वमा दिप पाठक, बिष्णुप्रसाद घिमिरेको पहिलो कृति “एक्लो बिजेता”को बिमोचन

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १० औं अधिवेशन ,४२ औँ साहित्य श्रृंखला तथा कृति विमोचन कार्यक्रम आईतबार टोकियोको सिनओकुवोमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष विष्णु प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबास जापानका का उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल,बिशेष अतिथिमा अनेसासका केन्द्रीय उपाध्यक्ष – प्रकाश पौडेल माईल,विशेष अतिथिमा NRNA ICC एशिया प्यासिफीकका उप-संयोजक,पारशमणी पोखरेल , बिशेष अतिथिमा अनेसास केन्द्रिय समितिका पुर्व अध्यक्ष डा.कुमार बस्नेत रहेका थिए । त्यस्तै अतिथि हरुमा विभिन्न संघसँस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

१०९ औ लक्ष्मी जयन्ती(वि.स. १९६६ कार्तिक २७ (12 Nov, 1909)को सम्झनास्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा माल्यार्पण गरी सुरुवात गरिएको कार्यक्रममा स्रष्टा विष्णु प्रसाद घिमीरेको “एक्लो विजेता” नामक पहिलो कविता संग्रह,अनेसास जापान को “ नेपाली डायस्पोरा” (जापान विमोचन) तथा साहित्यकार हरि कल्पितको कथा संग्रह
“आस्था” को विमोचन गरिएको थियो । विमोचित पुस्तक एक्लो विजेता कृती माथी अनेसास जापानका पुर्व अध्यक्ष : वेलुकाजी थापाले टिप्पणी राखेका थिए कार्यक्रममा बोल्दै नेपाली दूवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपाली समाजमा सचेतना फैलाउन साहित्यले महत्वपूर्ण भूमिका खेल्ने भएकोले साहित्य सृजनामा सर्जकहरुले संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो ।उहाँले नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउनका लागि जापानी लगायत विभिन्न भाषामा नेपाली साहित्यिक कृतिहरुको अनुवाद गर्न आग्रह गर्दै यसका लागि दूतावासले आवश्यक सहयोग गर्ने बताउनुभयो | त्यस्तै केन्द्रका उपाध्यक्ष प्रकाश पौडेल माइलाले नेपाली साहित्यलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि स्रष्टाहरुले सृजनाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनले सस्थाका महासचिब दिप पाठकको अध्यक्षतामा दशौँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष: गिरिजा गैह्रे तथा श्रवण सत्याल,महासचिव: अरूण पौडेल,सचिव : जिवन अर्याल ,सह-सचिव: रविन शर्मा,कोषाध्यक्ष: सरिता ढकाल
सदस्यहरू: रबिन्द्र दिख्खुपा,बिमान किराती,सुमित गिरी,हेमन्त गिरी,अर्जुन दृष्टि पौडेल,मिनराज बास्तोला,आनन्द अधिकारी,श्याम शितल,सँगिता कुवँर,सबिना रेग्मी र प्रकृति फुँयाल रहेका छन् । कार्यक्रममा,वेलुकाजी थापा, दिनेशराज ज्ञवाली, सन्देश पोखरेल, केशब थापा, अरूण पौडेल, समर्पण गद्देल, हेमन्त गिरी, लक्ष्मी रेग्मी पौडेल, लोकनाथ अधिकारी, भुवन रोका, दिप पाठक, आनन्द अधिकारी, जिवन अर्याल, समुद्र राज पौडेल, रामकृष्णवम मल्ल लगायतकाले रचनाहरु प्रस्तुत गरेका थिए ।

Write a Comment

थप हेडलाइनहरु