• Monday, 18 June 2018
  • Nepal Time: 05:59 AM
  • Japan Time: 09:14 AM

जापानबाट गायक कर्म दोङको “तिम्रो चौबन्दी… “को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नागोया | अध्ययनको शिलशिलामा जापान आएका गायक कर्म दोङ तामाङले आफ्नो पछिल्लो गीत “तिम्रो चौबन्दीको तुनामा आँखा पर्यो सानु “ बोलको गीतको म्युजिक भिडियो हालै मात्र सार्वजानिक गरेका छन ।
जापानका विभिन्न स्थानहरुमा हुने सांगीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुतिहरु दिदै आएका कर्मले ब्यबसायिक रुपमै आफुलाई सांगीतिक क्षेत्रमा स्थापित गराउने प्रयासमा लागेका छन् | फलस्वरूप उनले आफ्नो पछिल्लो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् | लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय गायक कर्म ले जापानलाई कर्मभुमी बनाउदै आएका छन ।
दोङले यस गीतलाई जापानमा रेकर्ड गराई सोनाम ल्होछारको अवसर पारेर सार्वजानिक गरेका हुन् । यस गीतमा शब्द तथा संगीत विश्व दोङले रहेको छ भने भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । सिन्धुलीको आसपासमा छायांकन गरिको भिडियोमा कृष्टिना थापा , दुर्गे़स गिरी र नेपाली ठिटोजका कलाकारहरूको अभिनय रहेको छ । गायक दोङले यसअघि एकल एल्बम “कर्म” सार्वजानिक गरिसकेका छन् भने दोङको “सुन कोसी तरेर ” “यति धेरै माया दियो संसार भुल्न बाध्य भए” “सोल्टीनि माने अहिले बिहे गरम “ लगायत अन्य सेलो गीतहरू चर्चामा रहेका छन् ।
कर्म भन्छन – विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली गीतसंगीतलाई भुल्न नसकिने बताउदै ‘दर्शक स्रोताको साथ र माया पाएसम्म जीवनको अन्तिमसम्म पनि नेपाली गतिसंगीतमै रमाउने मेरो चाहना छ’ । दर्शक स्रोतालाई हालै सार्वजनिक गरिएको गीतको भिडियो हेरेर राम्रा नराम्रा प्रतिक्रिया दिन पनि उनले आग्रह गरेका छन् ।

Write a Comment

थप हेडलाइनहरु

    None Found