TokyoNepal.com

एनआरएनले हेगमा बुद्ध मूर्ति स्थापना गर्ने
फिलिपिन्स । गैर आवासीय नेपाली संघ (एनआरएन)ले नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय युद्ध अपराधसम्बन्धी अदालत परिसरमा बुद्ध मूर्ति स्थापना गर्ने भएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा एनआरएनले बुद्ध एक महिनाभित्रै हेगमा बुद्ध मूर्ति स्थापना गर्न लागेको एनआरएन अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।

‘डेढ बर्षदेखि त्यहाँ बुद्ध मूर्ति राख्न पहल गरिरहेका थियौं, फिलिपिन्सको मनिलामा एनआरएन एसिया प्रसान्त क्षेत्र स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले भन्नुभयो–’गत मार्चमा अदालतबाट मूर्ति राख्ने अनुमति पाएका छौं ।’ एक महिनापछि स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने एनआरएनको युरोप क्षेत्रस्तरीय सम्मेलनका अबसरमा मूर्ति स्थापना गर्ने तयारी भइरहेको लामिछानेले जानकारी दिनुभयो ।

बुद्धको जन्मभूमिका बिषयलाई लिएर अन्तराष्टिय क्षेत्रमै बिबाद भइरहेका बेला बुद्ध नेपालको लुम्बिनीमै जन्मिएका हुन भन्ने सन्देश दिन यस्तो अभियान थालिएको लामिछानेले जानकारी दिनुभयो । ‘ठूलो शक्ति राष्ट्रले बुद्ध हामीकहाँ जन्मिएका हुन् भनेर दावी गरिरहेको अबस्था छ, लामिछानेले भन्नुभयो–’त्यसलाई चिर्न पनि एनआरएनले संस्थागत रुपमै बुद्ध नेपालमा जन्मिएका हुन भने अभियान चलाउन जरुरी देखियो ।’

सुनको जलप लगाइएको दुई फिट अग्लो मूर्ति बनेपछि परराष्ट्र मन्त्रालयमार्फत् स्थापना गर्ने तयारी भइरहेको छ । यसमा लाग्ने खर्च र पहल सवै एनआरएनले नै गरेको हो, लामिछानेले भन्नुभयो–’संस्थाको पहललाई अदालतले नमान्ने भएपछि परराष्टमार्फत् गर्न लागिएको हो । मूर्तिमा Buddha was born in Lumbini Nepal भिन्ने लेखिने छ ।

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय संयोजक कुमार पन्तले जुन २० तारिखमा मूर्ति स्थापनाका लागि तयारी भइरहेको जानकारी दिनुभयो । हेगस्थित अदालत परिसरमा बिश्वचर्चित ब्यक्तित्वहरुको मूर्ति स्थापना गरिएको छ ।

शनिवारबाट मनिलामा सुरु भएको तेस्रो एनआरएन एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा खासगरि बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने बिषयमा छलफल भयो । बैदेशिक रोजगारीमा उदाहरणीय मुलुक मानिएको फिलिपिन्सका अनुभव सिक्न सहभागीहरुले जोड दिए । एसिया प्यासिफिकका १२ देशबाट एक सय भन्दा बढि सहभागी छन् ।

बैठकमा गैरआवासीय नेपाली संघको दर्ता, गैरआवासीय नेपालीलाई सरकारले दिएको परिचयपत्र, एनआरएको बिधान संसोधन, एसिया प्यासिफिक क्षेत्रमा एनआरएनले भोग्नुपरेका समस्या, एनआरएनको मताधिकार लगायतका बिषयमा सहभागीहरुले छलफल गरेका छन् । फिलिपिन्सका पूर्व श्रम मन्त्री मारियानितो रोसेले ७५ वटा देशमा कार्यरत एक करोड फिलिपिनोलाई यस्तै संस्था स्थापना गर्ने प्रेरणा मिलेको अनुभव सुनाउनु भयो । बिदेश बस्ने फिलिपिनोहरुको छाता संस्था नभएको उहाँले बताउनु भयो ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका नेताहरुले एनआरएनलाई माध्यम बनाएर ब्यापार गरिरहेको भन्ने कुरा पनि उठे । एनआरएनका मुख्य संरक्षक एंव पूर्व अध्यक्ष देबमान हिराचनले एनआरएन इन्भेष्टमेन्ट कम्पनीहरुको हैसियतबारे प्रश्न उठाउँदै त्यसलाई एनआरएनको आधिकारिक कम्पनीजस्तो प्रचार गरिएकोप्रति गुनासो गर्नुभयो । ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट नामक भिन्नै कम्पनी खोलेर सामूहिक लगानीमा जुटेका हिराचनले एनआरएनका आडमा ब्यापार गर्न नहुने बताउनु भयो ।

त्यसको जवाफ दिँदै एनआरएन अध्यक्ष जीवा लामिछानेले एनआरएनको आडमा ब्यापार वा राजनीति गर्ने उदेश्य नभएको बताउनुभयो । भवनजीले एनआरएनको लोगो राखेर बीबी एयर चलाउँछु बरु रोयल्टी तिर्छु भन्नुभएको थियो, तर हामीले दिएनौं, एनआरएनका नाममा ब्यापार भयो भन्ने आरोप नलागोस भनेरै त्यसो गरेको हो । एनआरएन इन्भेष्टमेन्ट कम्पनी र एनआरएन एउटै नभएको उहाँले प्रष्ट पार्नुभयो ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्वृद्ध नेपालको अभियान पुरा नभएसम्म एनआरएन नथाक्ने उद्घोष गर्नुभयो । छैठौँ विश्व सम्मेलनलाई नेपालीको एउटा अन्तर्राष्ट्रिय पर्वका रुपमा चित्रण गर्दै महतोले समझदारमिा नयाँ नेतृत्व निर्माण गर्न आग्रह गर्नुभयो ।

फिलिपिनो र नेपाली राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रममा एनआरएनए फिलिपिन्समा आवद्ध नेपाली विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । सम्मेलन मनिला घोषणापत्र जारी गर्दै आइतवार सकिने छ ।

तस्वीरः सन्दिप ढुंगाना

झलनाथ भन्छन्,’मुलुक चुनावमा होमिसक्यो, कसैले रोकेर रोकिन्न’
१८ मे, विराटनगर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचन अब कसैको अवरोधबाट नरोकिने बताउनुभएको छ । खनालले मुलुकको अहिलेको समस्याको एक मात्र समाधान निर्वाचन भएको वताउनुभयो । मोरङको विराटनगर विमानस्थलमा शनिवार विहान पत्रकारहरुसंग कुराकानी गर्दै खनालले आगामी मंसिर महिनाभित्र निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै चुनावका लागि निर्वाचन ऐन ल्याएर चाँडै निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो ।

खनालले चुनाव लोकतन्त्रको मेरुदण्ड भएकाले कसैले पनि निर्वाचनको विरोध नगरी सबैले यसको उपयोग गर्नुपर्ने बताउनुभयो ।  असन्तुष्ट ३३ राजनीतिक दलले चुनावको विरोध गरिरहेको विषयमा राखिएको जिज्ञासामा उहाँले विरोध गर्नेहरुसँग पनि चार राजनीतिक दलले वार्ता र छलफल गरेर चुनावमा सहभागी हुने वातावरण बनाउने बताउनुभयो । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका अध्यक्ष खनालले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न विगतको सरकारले गरेको नियुक्तिहरु बदर गरी साझा सहमतिबाट नयाँ नियुक्तिको प्रक्रिया थालिने बताउनुभयो ।

उहाँले राजनीतिक दलका लागि थ्रेसहोल्ड संसारमै प्रचलित भइसकेकाले यसबाट एमाले पछाडि नहट्ने बताउँदै उहाँले भन्नुभयो – संविधानसभालाई मर्यादित र प्रतिनिधिमूलक बनाउन यस्तो मतसीमा आवश्यक छ ।

किरिया बस्नेलाई आवास
काठमाण्डौको कोटेश्वरमा स्थापना गरिएको किरियापुत्री भवनको उद्घाटन गर्दै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी । तस्वीर : टोक्यो नेपाल

कामरेड रेखा थापा
शनिवार एमाओवादीमा पार्टी प्रवेश गरेपछि हात मिलाउदै नायिका रेखा थापा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्वीर : टोक्यो नेपाल

अश्लील भिडियो खिचेर बार्गेनिङ !
१८ मे, काठमाण्डौं । नेपाली युवाले विदेशमा गएर काम नपाएको धेरै गुनासो आइरहेका बेला नेपाली युवाहरु विरुद्ध पनि उजुरी आउनेक्रम बढेको छ । नेपाली केही युवाले विभिन्न अपराधिक क्रियाकलाप गरेका कारण उनीहरु विरुद्ध उजुरी आउन थालेको छ । लमजुङ भोटेओडार ८ का बिजेन्द्र थापा दुवईको एक व्यापारी मिरवाइज अजिजीको निजी सचिवालयमा सहयोगीका रुपमा काम गरेका थिए ।

केही समयअघि उनी विभिन्न बाहाना बनाएर स्वदेश फर्किए । उनी फर्किएको केही महिनापछि गत पुसमा अजिजी नेपाल आएर थापा विरुद्ध प्रहरीमा उजुरी हाले । माघ २ मा पक्राउ परेका थापाले घटनाको रहस्य यसरी खोले, ‘अजिजीले पीएसँग यौन क्रियाकलाप गरेको भिडियो मैले खिचेको थिएँ ।  उक्त कम्पनीमा कार्यरत रहँदा चियासहित आवश्यक सामान लिएर अजिजीको कार्यकक्षमा निर्वाध प्रवेश गर्न सकने थापाले अजिजी र उनकी टर्किस पीएबीचको यौन क्रियाकलापको २२ मिनेटको भिडियो मोवाइलमा खिचेका थिए । यसपछि उक्त भिडियो लिएर नेपाल फर्किएका थापाले नेपालबाटै अजिजीसँग रकमको बार्गेनिङ थालेका थिए ।

यो प्रकरणमा अनुसन्धान गरिरहेका नेपालका प्रहरी केन्द्रीय अनुसन्धान व्युरो प्रमुख डीआईजी केशबहादुर शाहीले भने, ‘थापाले अश्लील भिडियो खिचेर ब्ल्याकमेल गरी पैसा असुल गर्ने नियत बनाएको देखिन्छ । यसरी रोजगारीका लागि विदेश गएका केही नेपाली कामदार छिटो कमाउन आपराधिक गतिविधिमा संलग्न हुँदा इमानदार कामदारलाई भने नियमित काम गर्न समस्या हुने गरेको छ ।

कम्प्युटर कक्षामा छात्रालाई बोलाएर दुर्व्यवहार !
१८ मे, भक्तपुर । विगत एक बर्षदेखि छात्राहरुमाथि यौन दुव्र्यवहार गर्दै आएको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार एक सरकारी विद्यालयका शिक्षकलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । भक्तपुरको बालकोट ५ स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा कम्प्युटर र गणित विषय पढाउँदै आएका करार शिक्षक श्याम कायस्थले सोही विद्यालयका छात्राहरुमाथि यौन दुव्र्यवहार गर्दै आएको छात्राहरुले जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जाहेरीमा छात्राहरुले भनेका छन् आफूहरुलाई शिक्षक कायस्थले स्कुलको कम्प्युटर कक्षमै कपाल, हात समुसुम्याउने, छातीमा हात लैजाने, तिघ्रामा हात लैजाने जस्ता गतिविधि विगत एक बर्षदेखि गर्दै आएका थिए । यस्ता गतिविधि सहँदै आएका १३ जना छात्राहरुलाई कायस्थले फेरि एक्लाएक्लै कक्षामा बोलाएर कपडा खोल्न लगाएर दुव्र्यवहार गर्न थालेपछि साथीहरु एक भएर उजुरी गरेका छन् ।

कक्षा १० मै अध्ययनरत अर्की एक छात्राले भनिन् ‘ गत बैशाख ३१ गते बिहान कायस्थ सरले मलाई पढाईका बारेमा छलफल गर्नुछ भनेर कम्प्युटर सेन्टरमा बोलाउनुभयो, म गएपछि झ्यालढोका लगाएर शुरुमा पढाईको कुरा गर्दै पछि अंगालो मार्नुभयो त्यसपछि चुम्बन गर्नुभयो । मैले नमान्दानमान्दै मेरो माथिको कपडामा हात छिराएर छाती समाउनुभयो र पछि जबरजस्ती सुरुवाल फुकाल्न लगाएर योनीमा हात लगेर चलाउन थाल्नुभयो । मैले धेरै प्रतिवाद गरेपछि कसैलाई नभन्न धम्की दिँदै भनेमा कक्षा १० मै फेल गरिदिने बताउनुभयो ।’

उनीमात्र होइन प्रहरी परिसर आएका ६ जना छात्राले शिक्षक कायस्थले आफूलाई एक्लै बालेएर अँगोलो मार्ने, चुम्बन गर्ने, छातीमा मसाज गर्ने र योनीमा हात लगेर चलाउने गरेको बताएका छने । यता शिक्षकले भने आफूलाई सुनियोजित रुपमा फसाइएको जिकिर गर्दै आफूले कुनै छात्रामाथि पनि यौन दुव्र्यवहार नगरेको दाबी गरे ।

नायिका रेखा थापा अब एमाओवादीकी नेतृ
१८ मे, काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्नुभएको छ । शनिबार पेरिसडाँडामा एमाले नेतृ उर्मिला अर्यालको पार्टी प्रवेशसँगै नायिका थापाले पनि प्रवेश गर्नुभएको हो । एमाओवादीले तत्कालीन माधव नेपाल सरकारविरुद्ध गरेको सडक आन्दोलनका बेला प्रचण्डसँग नाचेकी थापालाई सोही घटनादेखि एमाओवादी निकट कलाकार मानिँदै आएको थियो ।

कार्यक्रममा रेखा थापाले आफ्नो पूर्खाको रगतमा राजनीतिक रहेको बताउनुभयो । साथै उहाँले एमाओवादी पार्टी गरिबको पक्षधर भएकाले आफू त्यसमा आवद्ध भएको बताउनुभयो । थापाको भनाइलाई पुष्टि गर्दै प्रचण्डले नायिका थापा शहीद क्याप्टेन यज्ञबहादुर थापाकी नातिनी भएको बताउनुभयो ।

एमाओवादीले तत्कालीन माधव नेपाल सरकारविरुद्ध गरेको सडक आन्दोलनका बेला प्रचण्डसँग नाचेकी थापालाई सोही घटनादेखि एमाओवादी निकट कलाकार मानिँदै आएको थियो । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला कलाकारले गरेको सरकारविरोधी आन्दोलनमा रेखाको सहभागिता थिएन । थापाले आफूलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन प्रचण्ड र बाबुरामसँग लविङ गर्दै आउनुभए पनि उहाँलाई बोर्डमा ल्याइएको थिएन ।

चलचित्र क्षेत्रको विकासका लागि केही गर्ने र राजनीतिमा समेत अघि बढ्ने बताउँदै आएकी थापा एमाओवादीमा प्रवेश गरेपछि आगामी संविधानसभामा उमेद्वार बन्ने अनुमान गरिएको छ । एमाले पोलिटब्यूरो सदस्य उर्मिला अर्याल र नायिका रेखा थापा शनिबार पेरिसडाँडामा आयोजित औपचारिक कार्यक्रममार्फत पार्टीमा प्रवेश गरेका हुन् ।

नहिंडेको बाटो
गोविन्द मैनाली

टोक्यो । मैले धेरै पटक अनुभव गरेको छु, उमेर र समयको आगो कसैगरी निभाउन नसकिने रहेछ । सिनागावाको पि्रयर मेन्सन फ्ल्याटमा बस्थ्यो, ज्ञानेन्द्र भन्ने एक जना नेपाली । ऊ पनि घुँघुरुकै कामदार थियो । म त दिदी-भिनाजुसँग बस्दै आएको थिएँ । त्यस्तो-उस्तो रामरमाइलो कुराको त्यति मेसो थिएन । सिन्जुको शहरमाथि सिनअकुवो भन्ने ठाउँ छ ।

जहाँ अन्तर्राष्ट्रिय कलगर्लहरु पाइने रहेछन् । त्यहाँ चिनियाँ, दक्षिण कोरियाली, इरानी केटीहरु पाइन्छन् भनेर त्यही ज्ञानेन्द्रले जानकारी गरायो । म बसेको सिनागावाबाट सात वटा स्टेसन पर थियो- सिनअकुवो । त्यहाँको रमिता हेर्न ज्ञानेन्द्रले लग्यो । पार्क र स्टि्रटमा ग्राहक पर्खेर बस्ने कर्लगर्लहरु निकै हुँदा रहेछन् । अरुभन्दा पनि हत्तपत्त नपाइने भनेर एसियाली मूलका ग्राहकहरुले भने इरानी केटीहरुमा आँखा लगाउने रहेछन् । हामीले त्यो रमिता रमाइलो मान्दै निकै नजिकबाट हेर्‍यौ । अनुभव बटुल्यौँ ।

गधापच्चीसी उमेरको कुनै युवक, जो आफ्नो घरपरिवारबाट धेरै टाढा छ, बिहानदेखि बेलुकीसम्मै काममा जोतिनुपर्छ, सोमबारे छुट्टीमा पार्कतिर टहल्नु र फोटो खिचाउनुबाहेक मन बहलाउने साधन केही छैन, दूरदराज गाउँमा बसेकी श्रीमतीको स्वर कहिलेकाहीँ फोनमा सुन्न र उनका पत्रहरु पढ्न पाउँदा पनि हुरूक्क हुने अवस्थामा छ, त्यसको मनोदशा कस्तो होला ! त्यसमाथि म केही वर्षअघि मात्रै बिहा गरेर परदेशिएको व्यक्ति थिएँ । मेरो उमेर र यौवनको धूप अरु सबैसरह निकै चरम अवस्थामा थियो ।

केटीहरु देख्नासाथ शरीरमा अर्कै तरङ्ग फैलने आमस्वभाव मेरो पनि थियो । नचाहिँदो ढोङ गर्दै र आदर्शका कुरा गर्दै मनको वेगलाई, उमेरको आँधीलाई छेक्न सक्ने पर्खाल मैले आफूमा लगाएको थिइनँ । आफ्ना साथीभाइ पनि उस्तै उमेर र सपनाको दुनियाँका साक्षी भएकोले हामी कसैले पनि यो आँधीलाई छेक्न चाहेनौँ । सल्लाह गरेरै पनि त्यो रङ्गीन दुनियाँमा छिरेका थियौँ क्यार ! सब केटैकेटा अनि सबै जवानैजवान ! मस्त जवान वयमा पैसा तिरेर यौन सम्पर्क राख्नु अपराध होइन भन्ने मान्यता अरु साथीको झैँ मेरो पनि बन्दै गयो । यो कुरामा हामी साथीभाइबीच एक किसिमको अघोषित मिलेमतो थियो ।

साथीभाइको सङ्गत र बसउठका कारण केही रमाइला क्षणहरु थपिँदै गए । हामी बस्ने एरियामा केही लभ होटल पनि थिए, जहाँ पैसा तिरेर यौनकर्म चल्दो रहेछ । आकर्षक हाउभाउमा केटीहरु ग्राहक खोज्दै बाटामा उभिएका हुन्थे । एक दिन केही मित्रजनले त्यस्ता केटीहरुका बारेमा जानकारी ल्याए । मैले पनि अरु साथीभाइकै बोलीमा लोली मिलाएँ, ‘मलाई पनि चिनाइदिनोस् न, खर्च गरेरै भए पनि मन बहलाउनुपर्‍यो ।’ हो, यौन सम्बन्धका मामिलामा धेरै मान्छे कमजोर हुन्छन् । अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेविन्स्कीले ‘सिगार’ प्रकरण त्यसै मञ्चन गर्नुपरेको थिएन । अनि अर्को कटु सत्य के हो भने, धेरै मान्छेले आफ्नो अनैतिक यौन जीवनबारे अदालतमा झूट बोल्ने गर्छन्, घरपरिवारलाई पनि अँध्यारोमा राख्ने गर्छन् । तर, कुनै न कुनै बेला सत्य कुरा बाहिर आएरै छोड्छ । यो कुरो संसारकै परम्परा जस्तो बनिसकेको छ ।

तर यो मामिलामा मैले कहिल्यै कतै झूटो बोलिनँ, अदालतमा पनि घरपरिवारमा पनि । दुनियाँका सामु मैले केही ढाकछोप गरेको छैन । म जे हुँ, त्यही हुँ । यसमा रङ्गरोगन वा लप्पनछप्पनको अर्थ रहन्न । ‘सपनाले बिपना बोल्छ’ भनेर बूढापाकाले भन्ने गरेको पनि म यस बेला सम्झिरहेको छु । जापानमा पछिपछि मलाई आफू अर्कै अलौकिक दुनियाँमा पो छु कि जस्तो अनुभूति हुन थालेको थियो, सपनाकै कारणले । खासिया बिल्डिङमा बस्न थालेपछि एकाएक टाउकाको मासु फुरफुराउने, हातखुट्टाको मासु झमझमाउने हुन थाल्यो । राति सपनामा ढुङ्गो समाउँदा पनि माटो जस्तै हुन्थ्यो । फलाम छुँदा गल्याकगुलुक भएको देख्थेँ । घरछेउमै पहिरो गैरहन्थ्यो, घरभित्रै आगोको मुस्ला पसिरहन्थ्यो । आफ्नै घरमा आगो लागिरहेको हुन्थ्यो, निभाउनै सक्दिनथेँ । सपनामा विशाल पहिरोले आएर थिच्थ्यो, मलाई ऐठन भैरहेको हुन्थ्यो । आफ्नै माईखोलामा बाढी आउँथ्यो, म त्यहाँ मरेका माछा मात्रै समातिरहेको हुन्थेँ । चट्याङ परिरहेको, भुइँचालो आइरहेको देख्थेँ ।

अति भएपछि उर्मिला दिदीलाई मैले सपनाको यस्तो भयानक शृङ्खलाबारे फोनमा सेयर गर्न थाले । उहाँ भन्नुहुन्थ्यो, ‘चिन्ता नलेऊ । सपना सपनै हो ।’ हामी सरेको ठाउका कोठाहरु शुरुमा निकै फोहोर थिए । जताततै काला धब्बाहरु देखिन्थे । बत्ती पनि थिएन । कोठामा चाबी लक पनि गरिएको थिएन । दिउँसै तर्सिने मनस्थिति थियो । ओसाकी सिनागावा शहर भने निकै उज्यालो थियो । यो सिनसेन शहर चाहिँ रातमा मात्रै होइन, दिनमै पनि अँध्यारो अनुभूति भैरहन्थ्यो । यसको कारण भने कहिल्यै थाहा हुन सकेन । यसबाट मेरो मनोबल निकै कमजोर बनेको थियो । मलाई डर लागिरहन्थ्यो ।

एक्लो हुँदाको मनोभावलाई जापानी भाषामा ‘साबिसी’ भनिन्छ । आफ्नो सानो सुखी परिवारबाट एक्लिनुपर्दा मलाई पनि शायद साबिसीले अँठ्याएको थियो । डरलाग्दा सपना देख्नु वा रेस्टुराँमा काम गर्दा दिनहुजँसो सिसाका ग्लास र प्लेटहरु हातबाट झरेर फुट्नु र बाटामा हिँड्दा मेरै चाहिँ टाउँकामा पर्ने गरी कागले बिस्ट्याउनु शायद आसन्न अपशकुनको सङ्केत पनि थियो ।

(युवती हत्या, बलात्कारसहितका अनाहकको अभियोग खेप्दै १५ बर्ष ३ महिना -१९९७ मार्च २३- २०१२ जुन १५) जापानी जेलमा बसेपछि मात्रै ‘निर्दोष’ पुष्टी भएर घर फिरेका गोविन्दप्रसाद मैनालीको जेल जीवन र घटनाहरुको वृतान्त पुस्तक ‘परिबन्दका १५ वर्ष’ जेठ दोस्रो साता बजारमा आउँदैछ । पत्रकार देवेन्द्र भट्टराईको सहलेखनमा तयार भएको पुस्तक सांगि्रला बुक्सले निकालेको हो ।)

तमु धीं जापानद्वारा बार्वे क्यु कार्यक्रमको आयोजना
कुमार तमु

टोक्यो । तमु धीं जापानको आयोजनामा अप्रिल १६ तारिख बार्वे क्यु (बनभोज) कार्यक्रम गरिने भएको छ । धीं का अध्यक्ष हर्क तमुको अध्यक्षतामा सिबुयामा अवस्थित एसियन डाइनिंग मिकाइदो रेस्टुरेन्टको हलमा बसेको १४ औँ बैठकले यहि आउँदो अप्रिल महिनाको १६ तारिख आइतबारका दिन तामागावा रयोकुचो भन्ने स्थानमा बार्वे क्यु (बनभोज) कार्यक्रम गरिने भएको छ ।

बार्वे क्यु (बनभोज) कार्यक्रमको संयोजकमा कोषाध्यक्ष खड्ग सिङ तमु र सह-संयोजकमा मनोज घलेलार्इ चयन गरिएको छ । कार्यक्रममा बिभिन्न किसिमका मासुका परिकार साथ् बिहान ११ बजे देखि ४ बजे सम्म हुने साथै प्रवेश शुल्क साधारण सदस्यहरुका लागि २ हजार येन र अन्य महानुभावहरुका लागि २५ सय येन गरिएको कार्यक्रम संयोजक खड्ग सिङ तमुले बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा साधारण सदस्यहरुलाई अनिबार्य रुपमा र अन्य इच्छुक महानु भावहरु एवं बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थित भैदिनका लागि साथै कार्यक्रममा सहभागिता एवं जानकारीका लागि निम्न ब्याक्ति हरुलाई सम्पर्क गर्न पनि तमु धीं जापानले हार्दिकताका साथ अनुरोध गरेको छ ।

थप जानकारीका लागि

कार्यक्रम संयोजक – खड्ग सिङ तमु -08032757076

सह-संयोजक – मनोज घले -08032849252

अनिता तमु -08043532172

युक्तमान तमु -09060473178

पूर्ण कोने तमु -08048394445

याम तमु -09061475148

( स्थान जानकारीका लागि तलको वेब साईडमा जानुहोला)

http://tamagawa-bbq-area.com

फुकुओकामा स्वागत एवम् जानकारी मुलक कार्यक्रम हुने
टोकियो । फुकुओकामा क्रियाशिल नेपाली समुदायले बर्षेनी विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसैक्रममा फुकुओका नेपाल सोसाइटी, फुकुओकाले विगतका वर्ष झैँ यस वर्ष पनि स्वागत एबम् जानकारी मुलक कार्यक्रमको आयोजना गरेको छ ।

आगामी जून महिनाको २ तारिख आईतवार फुकुओकाको मिनामि कु सिमिन सेन्टरमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष मोति श्रेष्ठले जानकारी दिनु भएको छ । अध्यक्ष श्रेष्ठले फुकुओका लगायत क्युसु क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहीनीहरूका साथै अध्यनका लागि बिभिन्न भाषा स्कूल तथा कलेजमा पाल्नु भएका सम्पूर्ण साथीभाईहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।

श्रेष्ठका अनुसार उक्तदिन नेपालीहरुको प्रवास बसाई अझ बढी सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउनका लागि, जापानको नियम कानुन र भिषा सम्बन्धि विशेष जानकारी गराउनका लागि यहाँका स्थानीय प्रहरी र इमिग्रेसनसंग सम्बन्धि व्यक्तिहरुको उपस्थिति रहने कुरा पनि जानकारी गराउनु भएको छ । भर्खरै जापानको बिशेष गरि क्युसु क्षेत्रमा आउनुभएका नयाँ साथीभाईहरुलाई स्वागत एबम् जापानको रहन सहन तथा उच्च शिक्षाका लागि ध्यान दिनुपर्ने कुराहरुको जानकारी गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा जापानमा लामो समयसम्म बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध व्यक्ति एबम् विद्यार्थी जीवनबाट सफल भइ हाल जापानमा नै रोजगारी गरिरहेका व्यक्तिहरुको ब्यक्तिगत अनुभबहरु समेत समाबेश गरी कार्यक्रमलाई थप ज्ञानवर्दक र जानकारी मुलक बनाइने बताइएको छ ।

कार्यक्रमवारे जानकारीका लागि

मिति ; २०१३ जुन २ तारिख

समय; दिउँसो १ बजेबाट

स्थान ; फुकुओका सि,मिनामिकु,सियोबारु २-८-२

मिनामिकु सिमिन सेन्टर (ओहासी स्टेसनबाट १० मिनेट)